Yeti Khabar

२०८१ बैशाख २४, सोमबार - Mon May, 2024 -

नेपाललाई मेडिकल शिक्षाको ‘हब’ को रूपमा विकास गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा प्रधानमन्त्री प्रचण्डले देशभित्रका सबै चिकित्सा तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको व्यवस्थापन, सञ्चालन र नियमनका लागि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा रहेको दोहोरोपन हटाउन एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले सबै नागरिकलाई आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सबै स्वास्थ्य संस्था, सामुदायिक अस्पताल एवम् सरकारी अस्पतालहरूको क्षमता विकासमा पनि ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

नेपाललाई मेडिकल शिक्षाको ‘हब’ का रूपमा विकास गर्नेतर्फ सरकारले आवश्यक तयारी गरिरहेको प्रधानमन्त्री प्रचण्डकाे भनाइ छ । उहाँले स्वास्थ्य शिक्षालाई केबल सैद्धान्तिक शिक्षाको रूपमा मात्र नभई व्यावहारिक र मानवीय मूल्य मान्यता एवम् संवेदनासहितलाई ध्यानमा राख्न जरुरी रहेको बताउनुभयो ।

प्रधानमन्त्रीले स्वास्थ्य क्षेत्रमा दिन प्रतिदिन नयाँ नयाँ चुनौती देखापरिरहेको उल्लेख गर्नुभयाे । नेपालका धेरैजसाे भूभाग ग्रामीण क्षेत्र रहेको र ग्रामीण क्षेत्रमा स्तरीय स्वास्थ्योपचारका लागि दक्ष चिकित्सक उत्पादन गर्ने र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै जानुपर्ने आवश्यकता रहेको बताउनुभयो । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com