Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

कर्णाली प्रदेशमा स्थानीय तहको चुनावमा भाग लिने दलको संख्या कम

काठमाडौं २ वैशाख । कर्णाली प्रदेशमा आसन्न स्थानीय तहको चुनावमा भाग लिने दलको संख्या समेत कम छ । अन्य प्रदेशको तुलनामा चुनावमा भाग लिने दलको संख्या कर्णालीमा कम देखिएको हो । कर्णालीकै हिमाली जिल्ला डोल्पामा ११ र प्रदेश राजधानी रहेको सुर्खेतमा सुर्खेतमा २५ राजनीतिक दलले स्थानीय तहको चुनावमा भाग लिन लागेका छन् ।

रुकुमपश्चिम १२ र सल्यानमा १२, मुगुमा १५, जुम्लामा १४, हुम्लामा १५, कालिकोटमा २०, जाजरकोटमा १२ र दैलेखमा १४ दलले निर्वाचनमा भाग लिने प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रमुख दुर्गा चालिसेले जानकारी दिएका छन ।

डोल्पामा महिला मतदाता संख्या ११ हजार ३ सय ७९ , पुरुष ११ हजार ६१ जना रहेका छन् । त्यस्तै सुर्खेतमा महिला मतदाता संख्या १ लाख ११ हजार ७ सय १८ र पुरुष १ लाख ६३ हजार २५ रहेका छन् । रुकुम पश्चिमा महिला ४५ हजार ७ सय ९९ र पुरुषको संख्या ४६ हजार ५ सय ४७ मतदाता रहेका छन् ।

सल्यानमा महिला मतदाता संख्या ७७ हजार ८ सय ११ र पुरुषको संख्या ७९ हजार ९०४ रहेको छ । मुगुमा १६ हजार ७ सय ९५ र पुरुषको संख्या १८ हजार १ सय ६७ रहेको छ । जाजरकोटमा महिलाको संख्या ४९ हजार ९, पुरुषको संख्या ५४ हजार ८ सय ५८ छ ।

कर्णाली प्रदेश भरीको महिला मतदाता संख्या ४ लाख ४९ हजार ३० रहेको छ भने पुरुषको संख्या ४ लाख ५९ हजार ४०१ रहेको छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com