Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

होटलको छतबाट खसेर युवकको मृत्यु

जेठ,२८ काठमाडौँ । रुपन्देहीको भैरहवामा होटलको छतबाट खसेर एक युवकको मृत्यु भएको छ। भैरहवा बसपार्कमा रहेको होटल सि प्रिन्सको छतबाट खसेर रुपन्देहीको कोटिहिमाई गाउँपालिका ५ का २४ बर्षीय अमित यादव शनिबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।

रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौडेलका अनुसार ती युवक साथीहरुसहित त्यस होटलमा बस्न आएका थिए । होटल चार तले छ । कुन तलाबाट उनी खसे भन्ने खुलेको छैन । होटल मालिकले केही पैसा पनि हराएको र उनी चोरेर भाग्ने क्रममा छतबाट खसेर मृत्यु भएको प्रहरीलाई बताए ।

प्रारम्भिक अनुसन्धानमा त्यस्तै देखिएको तर घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com