Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

जोशीको निधनप्रति आयोगद्वारा दुःख व्यक्त

राष्ट्रिय मानव अधिकार आयोगले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा उपचारका क्रममा बिहान भएको निधनप्रति दुःख व्यक्त गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा जोशीको निधनले नेपाली साहित्य र संस्कृतिको क्षेत्रमा अपूरणीय क्षति पुग्नुका साथै देशले एउटा अमूल्य स्रष्टा गुमाएको उल्लेख छ ।

“भाषा, साहित्य र संस्कृतिको माध्यमबाट मानव अधिकार संस्कृति विकासका लागि उहाँले पु¥याउनुभएको योगदानको आयोग कदर गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “स्वर्गीय जोशीको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिनुका साथै सरकारबाट उच्च मूल्याङ्कन हुनेछ भन्ने आयोगले विश्वास लिएको छ ।” आयोगले दुःखद् घडीमा स्वर्गीय जोशीको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गरेको छ ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com