Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु, सात जना घाइते

काठमाडौं ३० चैत । ओखलढुंगामा प्रहरीहरू चढेको बलेरो जिप दुर्घटना हुँदा दुई जना प्रहरीको मृत्यु भएको छ।
मृत्यु हुनेमा प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मनिष राजवंशी रहेका छन्
आज बिहान ओखलढुंगाबाट विराटनगर जाँदै गरेको बा१७च १०९४ नम्बरको बलेरो मानेभञ्ज्याङ गाउँपालिका ६ हर्कपुर भन्ने ठाउँमा भीरबाट तल खसेको ओखलढुंगाका प्रहरी नायब उपरीक्षक सुकदेव खनालले बताए।

उनका अनुसार बलेरोमा ९ जना सवार थिए। एक जना गाडी चालक र अन्य सबै प्रहरी थिए।
‘चार जनाको अवस्था चिन्ताजनक रहेको बुझिएको छ, अन्य सबै घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाउने तयारी भइरहेको छ,’ उनले भने।
खनालका अनुसार बिहान ९ बजे बलेरो दुर्घटना भएको थियो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com