Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीले आफ्नो मतान्तर फराकिलो बनाउँदै

५ जेठ, काठमाडौं। पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीले आफ्नो मतान्तर फराकिलो बनाउँदै लगेको छ । पोखरामा हालसम्म ५२ हजार ८१७ मत गणना भइसक्दा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले २ हजार ४९५ मतान्तर बनाएका छन् ।

उनले हालसम्म २१ हजार ८८० मत पाएका छन् भने उनलाई पछ्याइरहेका नेकपा एमालेका कृष्ण थापाले १९ हजार ३८८ मत पाएका छन् । मेयरकै दौडमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले २ हजार १८६ मत पाएका छन् । अटेरी अभियानमार्फत स्वतन्त्र उम्मेदवारी दिएका खडकराज पौडेल ‘गनेस’ले १ हजार १८३ मत ल्याएका छन् ।

महानगरको उपप्रमुखमा भने एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा छ । गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी कोपिला रानाभाट र नेकपा एमालेकी मञ्जुदेवी गुरुङबीच थोरै मत अन्तर मात्रै छ । रानाभाटलाई एमाले उम्मेदवार गुरुङले केवल ९ मतले मात्रै पछाडि पारेकी छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com