Yeti Khabar

२०८१ बैशाख २४, सोमबार - Mon May, 2024 -

पाकिस्तान र जापानमा बाढीका कारण १० जनाको ज्यान गयो

काठमाण्डौ – पाकिस्तान र जापानमा बाढीका कारण कम्तीमा १० जनाको ज्यान गएको छ ।

पाकिस्तानमा ६ जना र जापानमा कम्तीमा ४ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तानमा नौ जना घाइते भएको त्यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले जनाएको छ ।

पाकिस्तानमा गएको जुन २५ देखि सुरु भएको मनसुनी वर्षा र बाढीबाट अहिलेसम्म ८६ जनाले ज्यान गुमाएका छन् ।

एक सय ५० जना भन्दा धेरै घाइते भएका छन् ।  बाढीबाट पूर्वी पञ्जाब प्रान्त सबैभन्दा धेरै प्रभावित भएको छ ।

त्यस्तै जापानमा ठूलो वर्षापछि आएको बाढी र पहिरोमा ४ जनाले ज्यान गुमाएको र ५ जना बेपत्ता छन् । उनीहरुको खोजी भैरहेको छ ।

बाढी र पहिरोमा परी १९ जना घाइते भएका छन् । जापानको दक्षिणपश्चिम क्युसु क्षेत्र बाढीले प्रभावित भएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com