Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

श्रीमानले गरे श्रीमतीको हत्या

असार,६ काठमाडौं । ताप्लेजुङमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। सिरिजङ्गा गाउँपालिका-३ का ३८ वर्षीय लक्ष्मण चाम्लिङ राईले ३१ वर्षीय श्रीमती निशा राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजन लिम्बुले बताए ।

हिजो राति लक्ष्मणले मापसे गरी श्रीमती निशासँग झगडा गरेका थिए। त्यसक्रममा लक्ष्मणले चिर्पटले उनको टाउकोमा हिर्काएको डिएसपी लिम्बुले बताए। निशाको टाउकोबाट धेरै रक्तश्राव भएकाले मृत्यु भएको हो।‘मृत्यु हिजै भइसकेको रहेछ। आज बिहान खबर पाएका थियौं,ʼ उनले भने, ‘बाढी पहिरोले सडक अवरूद्ध भएकाले अस्पताल लगेनन्।ʼ

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com