Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

मोरक्कोको स्वप्निल यात्रामा फ्रान्सले लगाउला ब्रेक ?

विश्वकप सुरु हुन अघि फ्रान्सबारे ‘साविक विजेताको श्राप’ र डिडिएर डेस्च्याम्पको अनिश्चित भविष्यको मात्र चर्चा भइरहेको थियो । किनभने फ्रान्सभन्दा अघिका तीन विश्वकप विजेताहरू – इटाली (सन् २०१० मा), स्पेन (सन् २०१४ मा) र जर्मनी (सन् २०१८ मा) समूह चरणबाटै बाहिरिएका थिए ।

तर त्यसको केही हप्तापछि फ्रान्स यतिबेला सन् १९९८ मा ब्राजिलपछि विश्वकपको फाइनलमा पुग्ने पहिलो साबिक विजेता बन्न लागेको छ । कुनै पनि युरोपियन राष्ट्रले यस्तो उपलब्धि हासिल गरेको ८४ वर्षमा पहिलोपटक हो । इटालीले सन् १९३८ यस्तो उपलब्धि हासिल गरेको थियो ।

प्रमुख खेलाडीहरूको चोटले डेस्च्याम्पको तयारीलाई थप जटिल बनाएको थियो । तर, फ्रान्सको दृढ शक्तिले टोलीलाई फेरि एकपटक फाइनलको कगारमा ल्याएर राखेको छ । क्वार्टरफाइनल खेलमा फ्रान्सले इंग्ल्याण्डलाई २–१ गोलले पाखा लगाएको थियो ।

बुधबार राति अल बयात रंगशालामा मोरक्कोको सामना गर्दा फ्रान्सले जित्ने धेरैले अपेक्षा गरेका छन् । फ्रान्सको यो सातौँ विश्वकप सेमिफाइनल हो । पहिलो तीनवटामा पराजित हुँदा टोलीले सन् १९९८, २००६ र २०१८ मा जीत हासिल गरेको थियो ।

डेस्च्याम्पको टोलीले ‘साबिक विजेताको श्राप’ लाई तोडे पनि अब ठुलो महत्त्वकांक्षालाई पुरा गर्न बाँकी रहेको छ । ‘हामी फाइनलको नजिक सेमिफाइनलसम्म पुगेका छौँ । यो ठुलो उपलब्धिपछि हामीले आफूमाथि विश्वास गर्न सक्छौँ । तर बुधबार हाम्रो लागि ठुलो चुनौती बाँकी नै छ,’ उनले भने, ‘हामी अझै माथि जान चाहन्छौँ । यद्यपि, हामी अहिलेसम्म हासिल गरेको कुराले सन्तुष्ट छौँ । यसअघि साबिक विजेताले विश्वकपमा राम्रो प्रदर्शन गर्न सकिरहेका थिएनन् । हामीले उक्त चुनौती पार गरेका छौँ ।’

फ्रान्सको काँधमा अपेक्षाको ठुलो भारी रहँदा यता मोरक्को भने निडर भएर सेमिफाइनलमा प्रवेश गर्दैछ । टोलीले सेमिफाइनलसम्मको यात्रा गर्दा स्पेन र पोर्चुगलजस्ता महारथी टोलीहरूलाई हराएको थियो । डेस्च्याम्प मोरक्कोले दिन सक्ने चुनौतीको बारेमा जानकार छन् । ‘उनीहरूले हासिल गरेको उपलब्धि अद्भूद छ,’ उनले भने, ‘मोरक्कोले राम्रो टोलीहरूलाई हराउँदै यहाँसम्म आइपुगेको छ ।’
वालिद रारागुईको नेतृत्वमा मोरक्को विश्वकपमा ६ वटा खेलमा अपराजित रहेको छ । कुनै पनि अफ्रिकी राष्ट्रका लागि रेकर्ड हो । एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com