Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

एमालेले आज दार्चुलाबाट चुनावी अभियान सुरू गर्दै, अध्यक्ष ओली ४० जिल्ला पुग्दै

काठमाण्डौ – नेकपा एमालेले आज दार्चुलाबाट चुनावी अभियान सुरू गर्दैछ । आफ्नो नेतृत्वमा सरकार बनेको बेला नेपालको छुटेको भूभाग समेटिएर नक्सा जारी भएको विषयलाई चुनावी एजेण्डा बनाएको एमालेले दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले दार्चुलाको सदरमुकाम खलङ्गामा आयोजित जनसभालाई सम्बोधन गरेर राष्ट्रव्यापी चुनावी यात्राको आरम्भ गर्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार ओलीले आजै बैतडी र कञ्चनपुरमा आयोजित सभालाई पनि सम्बोधन गर्नु हुनेछ ।

चुनावी अभियानका क्रममा ओली ४० वटा जिल्लामा पुग्ने गरी कार्यक्रम तय भएको रिजालले बताउनुभयो । चुनावी अभियानका लागि एमाले अध्यक्ष केपी शर्मा ओली गएराति कैलालीको सदरमुकाम धनगढी पुगिसक्नु भएको छ ।

४० जिल्लाका चुनावी सभालाई सम्बोधन गरेर ओली आउँदो २७ गते काठमाण्डौ फर्किने कार्यक्रम छ । काठमाण्डौ फर्किएपछि उहाँ आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुन गृह जिल्ला झापा जाने तयारी भएको एमालेले जनाएको छ । निर्वाचन आयोगले हिजोदेखि आउँदो मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाउने जनाएसँगै दलका शीर्ष नेतासहित उम्मेदवारहरु प्रचारप्रसारमा व्यस्त छन् । उज्यालो बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com