Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

९७ वर्षीय मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर फेरि चुनाव लड्ने

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद फेरि संसदीय निर्वाचन लड्ने भएका छन्। ९७ वर्षीय महाथिरले नोभेम्बरमा हुने निर्वाचनका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन्।

‘हाम्रो पार्टीबाट को प्रधानमन्त्री हुनेछ भन्ने कुरा मैले भन्न सक्दिनँ तर मैले उम्मेदवारी दिने निर्णय गरें,’ उनले भनेका छन्।
सत्ता गठबन्धनसँग खटपटपछि मलेसियाका प्रधानमन्त्री स्माइल साब्री याकुले संसद विघटन गरेर नयाँ निर्वाचन घोषणा गरेका छन्।

महाथिरले आफ्नो जीत निश्चित रहेको दाबीसमेत गरेका छन्।
मलेसियाको निर्वाचन आयोगले अक्टोबर २० मा मतदानको मिति तोक्दैछ।
यसअघि महाथिर ९२ वर्षमा मलेसियाको प्रधानमन्त्री बनेका थिए।

महाथिरले दुई दशकभन्दा बढी मलेसियाको सत्ता चलाएका थिए। उनले सन् २००३ मा प्रधानमन्त्री पद छोडेका थिए। राजनीतिबाट संन्यासको घोषणा गरेका उनी पछि उक्त निर्णय फिर्ता लिँदै फेरि चुनावमा होमिएका थिए। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com