Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

अयोग्य लडाकू’लाई जनही २ लाख रुपैयाँ दिने कार्यविधि तयार

सरकारले तत्कालीन नेकपा (माओवादी) का ‘अयोग्य लडाकू’लाई जनही २ लाख रुपैयाँ दिने कार्यविधि तयार पारेको छ। गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहका अनुसार कार्यविधि तयार भइसकेको छ।

यसअघि गत चैत ६ गते बसेको मन्त्रिपरिषद् बैठकले अयोग्य लडाकूलाई दुई-दुई लाख दिने निर्णय गरेको सार्वजनिक भएको थियो। चैत ८ गते सत्ता गठबन्धनका नेताहरूको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अयोग्य लडाकूहरूलाई पैसा दिने निर्णय नभएको बताएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पत्रकारहरूलाई जानकारी गराएका थिए।

मन्त्रिपरिषद्ले रकम दिन कार्यविधि बनाउन गरेको निर्णय आएपछि आफूले त्यहीअनुसार काम गरेको सचिव सिंहले बताए। ‘कार्यविधिअनुसार अब हामी सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट रकम पाउनेहरूको नाम भेरिफाई गर्छौं,’ सिंहले भने,‘बढीमा एक महिनामा पैसा दिन सुरू हुन्छ ।

सिंहका अनुसार अनमिनले अयोग्य प्रमाणित गरेका ४००८ जनाको नाम गृह मन्त्रालयसँग छ। ती नाम भएका व्यक्ति सम्बन्धित जिल्ला वा पालिकामा छन् कि छैनन् भनेर अब जिल्ला प्रशासन कार्यालयले प्रमाणित गर्ने छन्।

‘बहिर्गमित लडाकूको संघ पनि छ। हामीले उहाँहरूसँग पनि नाम मागेका छौं। अनमिनले दिएका नाम सम्बन्धित जिल्लामा पठाएर ती मानिसहरू भए/नभएको प्रमाणित गर्छौं। जिल्लाले पठाएका नामबारे थप बुझ्न गृह मन्त्रालयका उपसचिवको नेतृत्वमा समिति पनि बनाएका छौं,’ सचिव सिंहले भने,‘सूचीमा नाम भएका मानिस विदेशमा छन्, उनीहरूलाई दुई-तीन महिनापछि पैसा दिन्छौं।’

कार्यविधिमा उनीहरूले पाउने दुई लाख रुपैयाँ बैंक खातामा हालिदिने व्यवस्था छ। ‘सबैलाई एकपटक पैसा दिँदैनौं, अर्थ मन्त्रालय पनि किस्ता-किस्तामा निकाशा दिने भनेको छ,’ सचिव सिंहले भने।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com