Yeti Khabar

२०७९ मंसिर १९, सोमबार - Mon Dec, 2022 -

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

कार्तिक,२४ काठमाडौं । मकवानपुरको बकैया–४ छतिवनमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
हेटौंडाबाट हात्तिसुढेतर्फ गैरहेको बा प्र ०३–००१ त ३४१ नम्वरको ट्याक्टर हिजो राति ९ बजेको समयमा अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

ट्याक्टरमा सवार बागमती गाउँपालिका–५ बगेरीका २७ वर्षीय सत्यमान घिसिङको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।
ट्याक्टरमा सबार बागमती–५ कै ३५ वर्षीय दमै सिङ सिन्तान घाइते भएको र हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com