Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

दैलेखको सामुदायिक वनमा आगलागी हुँदा १ जनाको मृत्यु

बैशाख,२८ काठमाडौं । दैलेखको सामुदायिक वनमा आगलागी हुँदा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार आठबिस नगरपालिका–६ का भैरे विकको मृत्यु भएको हो।

नेपालगञ्जको भेरी प्रादेशिक अस्पतालमा उनको उपचारका क्रममा हिजो राति मृत्यु भएको दैलेखका प्रहरी प्रमुख डिएसपी किशोर लम्सालले बताए। अरू सात जनाको नेपालगञ्जमै उपचार भइरहेको उनले बताए। सातमध्ये तीन जनाको भेरी प्रादेशिक अस्पताल र चार जनाको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ।

आठबिस नगरपालिका–६ मा रहेको सल्लेरी सामुदायिक वनअन्तर्गत माल्यामा हिजो बिहान भएको आगलागीमा परी १० जना घाइते भएका थिए। उनीहरूमध्ये गम्भीर घाइतेसहित ८ जनालाई उपचारका लागि हेलिकप्टरमार्फत् नेपालगञ्ज लगिएको थियो। स्थानीय मेडिकलमा उपचार गरिएको दुई जना डिस्चार्ज भइसकेको डिएसपी लम्सालले बताए ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com