Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

लगनखेलका अधिकांश मासु पसल मापदण्डविपरीत

facebook sharing button
messenger sharing button

लगनखेलका अधिकांश मासु पसल मापदण्डविपरीत रहेको पाइएको छ। ललितपुर जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार सहितको अनुगमन टोलीले लगनखेलको इटिटोल र लगनखेल बजारका अधिकांश  मासु पसल मापदण्डविपिरत रहेको फेला पारेको हो।

त्यहाँका केही फलफूल तथा जुस पसल मापदण्ड विपरीत चलेको, म्याद नाघेका जुस भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले बताए।

लगनखेलका मासु तथा फलफूल पसल मापदण्डअनुसार नचलेको, गुणस्तर कायम नगरेको पाइयो, अनुगमन गरेकामध्ये दुई वटा मासु पसल र दुई वटा फलफूल तथा जुस पसललाई १० हजारका दरले जरिवाना र सचेत गराएका छौँ,’ सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले भने।

अनुगमनका क्रममा लगनखेलको तरकारी बजारभित्रको शिव फलफूल जुस पसलमा म्याद नाघेका रियल जुसका प्याकेट भेटिएका थिए। सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले हरेक महिना तालिका बनाएर छड्के अनुगमन गर्ने जानकारी गराए।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com