Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

आगामी चुनावमा कांग्रेससँग गठबन्धन गर्ने : माधव नेपाल

११ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा पुग्ने गरेको आरोप लगाएका छन् ।

आज चाबहिलमा आयोजित महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले भने, ‘उनी सुटुक्क ज्ञानेन्द्र निवासमा पुग्ने गरेका छन् । राप्रपासँग साँठगाँठ गर्न खोजेका छन् । विदेशीहरुको दलाली गर्ने पार्टीसँग तालेमेल मिलाउन खोजिरहेका छन् ।

आफूहरु भने वामपन्थी र लोकतान्त्रिक शक्ति भएको दाबी उनले गरे । त्यसैले लोकतान्त्रिक शक्ति र वामपन्थी शक्तिसँग मिलेर चुनावमा जाने उनले बताए । त्यसअघि संगठन निर्माण गर्न र आफ्नो हैसियत कायम गर्न उनले कार्यकर्ताहरुलाई निर्देशन दिए ।

आगामी चुनावमा कांग्रेससँग गठबन्धन गर्ने उनले बताए । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाले पनि गठबन्धनको कुरा गरेको भन्दै उनले खुसी व्यक्त गरेका छन ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com