Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

रेष्टुरेन्टमा युवती बलात्कृत

२४ जेठ, काठमाडौं । हात्तीसारस्थित नेपाल हाउस रेष्टुरेन्टमा एक जना युवती बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
जेठ,२४ काठमाडौं । पक्राउ पर्नेमा रेष्टुरेन्टका वेटर दोलखाको तामाकोशी गाउँपालिका–६ घर भएका २० वर्षीय जीवन फुयाँल खत्री छन् ।
पीडितले दिएको जाहेरीका आधारमा फुयाँललाई पक्राउ गरेर अनुसन्धान थालिएको काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले बताए ।

रेष्टुरेन्टमा इन्टर्नसिप गरिरहेकी उनीमाथि बलात्कार भएको सूचना प्रहरीले सोमबार राति साढे ११ बजे पाएको थियो । त्यसपछि प्रहरी वृत्त, दरबारमार्गबाट टोली खटिएर अनुसन्धान सुरु गरेको थियो ।

‘तत्काल पीडितलाई आवश्यक संरक्षणमा लिएर विस्तृत स्वास्थय परीक्षणलगायतको कार्य गरेका थियौं’ मैनाली भन्छन्, ‘अहिले पीडकविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा अदालतबाट ७ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं ।’

प्रहरीका अनुसार घटना भएको दिन रेष्टुरेन्ट सञ्चालकको पार्टी चलिरहेको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com