Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

धरौटी तिरेर छुटे युट्युबर मनोजकुमार महतो

मंसिर,२० काठमाडौं । विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा समातिएका युट्युबर मनोजकुमार महतो रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतमा १ लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेका छन्।

फेसबुकमार्फत आफ्नो चरित्र हत्या गरेको भन्दै एक महिलाले दिएको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई २३ कात्तिकमा पक्राउ गरेको थियो । उनलाई २४ पुसमा पुनः अदालतमा उपस्थित हुन पनि भनिएको छ । स्टार अनलाइन नामक पोर्टल र युट्युब च्यानल चलाउने उनीमाथि पत्रकारको आवरणमा चरित्रहत्या र रकम मोलमोलाइ गर्ने गरेको आरोप पनि छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com