Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

कामपाका २७ वडामा मत गणना सकियो

काठमाडौँ महानगरपालिकाका २७ वडामा मत परिणाम सार्वजनिक भएको छ भने बाँकी वडामा गणना कार्य जारी छ । यसरी मत परिणाम सार्वजनिक हुनेमा वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९ ३०, ३१ र ३२ को मत परिणाम सार्वजनिक भइसकेको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा मतगणना भइरहेको छ । अहिले वडा नं १३, १४, १५, १६ र १७ को मतगणना जारी छ ।

वडा नं १८ मा एमालेका महर्जन विजय

पछिल्लो समय जारी गरेको मत परिणामअनुसार वडा नम्बर १८ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का न्हुछेकाजी महर्जन एक हजार २९३ मत प्राप्त गरी अध्यक्ष पदमा विजय भएका छन् । महर्जनका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार राजन महर्जनले ७७१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी वडा सदस्यमा एमालेकै तर्फबाट रचना शर्मा र हेमज्योती शाक्य विजयी भएका छन् । महिला सदस्यमा हिराशोभा डङ्गोल विजय भएका छन् । दलित महिला सदस्यमा यसअघि नै अम्बिका परियार निर्विरोध निर्वाचित भएकी छन् ।

वडा नं १९ मा काँग्रेसका श्रेष्ठ विजय

वडा नं १९ मा नेपाली काँग्रेसका उम्मेदवार राजेशकुमार श्रेष्ठ एक हजार २०० मत प्राप्त गरी अध्यक्ष पदमा विजय भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका चन्द्रमान मुनिकारले ७४१ मत प्राप्त गरेका छन् । वडा सदस्यमा काँग्रेसका चन्द्रमान डङ्गोल र दिनेशमान जोशी विजय भएका छन् । महिला सदस्यमा काँग्रेसका रेणु कमल भारती शाही र दलित महिला सदस्यमा रञ्जिता परियार विजय भएका छन् ।

त्यसैगरी कामपाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५४ हजार ६२८ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् । जारी मतगणनाअनुसार नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंहले ३४ हजार ४९२ मत प्राप्त गरेकी छन् ।
यसैगरी नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले ३३ हजार ९८१ मत ल्याएका छन् भने उपप्रमुखमा सोही पार्टीका उम्मेदवार सुनिता डङ्गोल ६१ हजार ३१८ मत ल्याएर अग्रस्थानमा रहेकी छन् । उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले २० हजार ९०६ मत पाएका छन् । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com