Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

कोशी प्रदेशका मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्ने

असोज,२८ काठमाण्डौ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ ।
शपथ ग्रहणपछि उहाँले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गर्नुभएको छ । यस्तै, पर्सि विश्वासको मत लिनका लागि प्रदेश सभा सचिवालयमा सूचना दिने उहाँको तयारी छ ।

आज सार्वजनिक बिदा परेकाले भोलि विश्वासको मत लिनका लागि सूचना दिने तयारी भएको हो । उहाँले विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने बताउनु भएको छ । हिजो पार्टीभित्र विद्रोह गरेर एमालेको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता केदार कार्की नियुक्त हुनुभएको हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com