३२५ मेगावाट बिजुली भारतमा बेच्न
२३ चैत, काठमाडौं । भारतले थप ३२५ मेगावाट बिजुलीलाई आफ्नो प्रतिस्पर्धी बजारमा बेच्न नेपाललाई अनुमति दिएको हो ।
ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले मन्त्रालयमा आज पत्रकार सम्मेलन गरेर थप ३२५ मेगावाट बिजुलीलाई भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको जानकारी दिएकी छिन ।
१४४ मेगावाटको काली गण्डकी ए जलविद्युत् आयोजनाको १४० मेगावाट, ६९ मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनाको ६७ मेगावाट, ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाको ६८ मेगावाट बिजुलीलाई भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।