पार्टीको एकतामा ध्यान दिन पार्टी नेतृत्वलाई आग्रह डा. शेखर कोइराला
१४ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले चुनावका लागि अरु दलसँगको गठबन्धनमा नभई पार्टीको एकतामा ध्यान दिन पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।
‘गठबन्धन कोसँग किन र के का लागि गर्ने ’ केन्द्रीय समिति बैठकमा उनले भने, ‘गठबन्धन गर्छु–गर्दिन भन्दा पनि पहिलो तलैबाट पार्टीभित्र एकता र सहकार्य गरौं ।
मंसिरमा भएको महाधिवेशनमा शेरबहादुर देउवासँग सभापतिमा पराजित भएका कोइरालाले माथिबाट गरिएको गठबन्धनलाई तलका कार्यकर्ताले मानेनन् भने के हुन्छ भन्ने प्रश्न गर्दै उनले त्यसतर्फ ध्यान दिन जरुरी रहेको बताएका छन ।