Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

इटालीलाई हराउँदै उरुग्वेले पहिलाे पटक जित्याे यू–२० विश्व कप

 

काठमाण्डाै – उरुग्वेले फिफा यू–२० (२० वर्षमुनि) काे विश्व कप फुटबलको उपाधि जितेको छ । अर्जेन्टिनामा हिजाे आइतवार राति भएकाे फाइनलमा उरुग्वेले इटालीलाई १-० गोलले हराउँदै उपाधि जितेको हो । उरुग्वेको जितमा खेलको ८६ औँ मिनेटमा लुसिआनो रोड्रिगेजले गाेल गरे । 

तीन पटक फाइनलमा पुगेकाे उरुग्वेले पहिलो पटक २० वर्षमुनिकाे विश्व कप जितेको हो । यसअघि उरुग्वे सन् १९९७ र २०१३ मा उपविजेता बनेको थियो ।

त्यस्तै पहिलो पटक २० वर्षमुनिकाे विश्व कप फाइनलमा पुगेको इटाली भने उपविजेता बन्याे ।

२० वर्षमुनिकाे विश्व कप उपाधि अर्जेन्टिनाले सबैभन्दा धेरै छ पटक जितेकाे छ । यस्तै ब्राजिलले ५ पटक यो उपाधि जितेकाे छ । उज्यालो बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com