अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्य अवस्था समान्य
काठमाडौं २३ चैत । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्य अवस्था समान्य रहेको छ । कार्यक्रममा लागि भैरहवा गएको बेला आज बिहान अस्वस्थ्य भएपछि उनलाई उपचारका लागि काठमाडौँ ल्याइएको हो । उनको उपचार मेडिसिटी अस्पतालमा चलिरहेको छ ।
अध्यक्ष ठाकुरको स्वास्थ्य परीक्षण भइरहेको छ । परीक्षणको परिणाम हेरेर मात्र ठाकुरलाई डिस्चार्ज गरिने नेता झाले बताएका छन । नवलपरासीबाट भैरहवा आएका अध्यक्ष ठाकुरलाई हिजो राती ज्वरो र झाडा पखाला सुरु भएको थियो । त्यसपछि उनलाई स्थानीय अस्पतालमा उपचार गरिएको थियो