Yeti Khabar

२०७९ आश्विन १२, बुधबार - Wed Sep, 2022 -

सिन्धुपाल्चोकको मेलम्ची नदीको जलाधार क्षेत्रमा भारी वर्षा

असार, १८ काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नदीको जलाधार क्षेत्रमा भारी वर्षा भइरहेको बाढी पूर्वानुमा महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार गुम्थाङ, धाप, नकोटेलगायत स्थानमा आज भारी वर्षा मापन भएको छ। यस्तै मेलम्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह हिजो साँझ भन्दा १।५ मिटरले बढेको महाशाखाको भनाइ छ।

महाशाखाले मेलम्चीको तटीय क्षेत्रमा आकस्मिक बाढी आउनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको बताएको छ।
यस्तै, उता झापाको शनिश्चरे, चन्द्रगढीलगायत क्षेत्रमा पनि भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार इलाम र झापाको सीमा आसपास केही स्थानमा पछिल्लो ३ घण्टामा अति भारी वर्षा भएको छ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com