Yeti Khabar

२०८१ बैशाख ५, बुधबार - Wed Apr, 2024 -

श्रीलङ्कालाई चीनले आपतकालीन सहयोग स्वरुप दुई हजार टन चामल

गम्भीर आर्थिक सङ्कटमा परेको श्रीलङ्कालाई चीनले आपतकालीन सहयोग स्वरुप दुई हजार टन चामल उपलब्ध गराएको छ ।

श्रीलंकाको राजधानी कोलम्बोस्थित चिनियाँ दूतावासले शुक्रबार वक्तव्य जारी गर्दै छिमेकी मुलुकको आधारभूत जिम्मेबारी स्वरुप दुई हजार टन चामल उपलब्ध गराइएको जनाएको हो ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार श्रीलंकामा आर्थिक संकट उत्पन्न भएपछि विद्यार्थीको परीक्षाका लागि कागज किन्ने रकमसमेत पर्याप्त नभएको बताइन्छ ।

यस क्रममा श्रीलङ्काले सहयोगका लागि सबैलाई अनुरोध गरेको थियो । श्रीलङ्काको आग्रहकै आधारमा सहयोग उपलब्ध गराइएको चिनियाँ दूतावासद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

कोरोना भाइरसको महामारी र त्यसपछिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न परिस्थितिका कारण श्रीलङ्का सङ्कटमा परेको श्रीलङ्काली अधिकारीहरूले बताउँदै आएका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com