Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

युक्रेन युद्धमा ३१ हजार सैनिकको ज्यान गयो

काठमाण्डौ – युक्रेन युद्धमा अहिलेसम्म ३१ हजार सैनिकको ज्यान गएको छ । रुस–युक्रेन युद्ध शुरु भएपछि अहिलेसम्म ३१ हजार युक्रेनी सैनिकको ज्यान गएको बीबीसीले जनाएको छ । तर, घाइते भएका युक्रेनी सैनिकका बारेमा भने जानकारी दिन नसकिने राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले बताउनुभयो ।

उहाँले रुसलाई योजना बनाउन सजिलो हुने भएकाले घाइतेको विवरण दिन नचाहेको बताउनुभएको खबरमा उल्लेख छ । यसअघि रुसले ज्यान गुमाएका युक्रेनी सैनिकको सङ्ख्या अत्यधिक बढाएर भनेपछि यो तथ्य बाहिर ल्याइएको हो ।

रुसले एक लाख ५० हजार वा तीन लाख जनाको ज्यान गएको भनेर भ्रामक प्रचार गरेको युक्रेनको दाबी छ । राष्ट्रपति जेलेन्स्कीले ज्यान गुमाउने जति भए पनि त्यसले देशलाई ठूलो क्षति भएको बताउनुभएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com