Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षकलाई ५ दिन हिरासतमा राख्न अनुमति

जेठ, १० काठमाडौं । चावहिलको सेन्ट लरेन्स कलेजमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका दुई शिक्षकलाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । विद्यार्थीले आन्दोलन चर्काएपछि आज प्रहरी वृत्त गौशालाले क्याम्पसका कोअर्डिनेटरलाई काभ्रे घर भएका जनार्दन अधिकारी र राजनकुमार पौडेललाई पक्राउ गरेको थियो ।

आरोपीहरुलाई जिल्ला अदालत काठमाडौंले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । शिक्षकहरु विरुद्ध ३ जना छात्राले बाल यौन दुर्व्यवहार गरेको कसुरमा जाहेरी दिएका छन् ।
आरोपीले विद्यार्थीहरुलाई अनैतिक रुपमा छुने तथा आफ्नै घरमा बस्न र यौन सम्पर्कको प्रस्ताव गरेको छात्राहरुको आरोप छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com