राष्ट्रपति रामचन्द्र पौडेलले गरे भोटो जात्रा अवलोकन

जेठ,११ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन्। राष्ट्रपति पौडेलले जावलाखेलमा आज अपराह्न आयोजित भोटोजात्रामा सरिक भइ भोटोजात्रा अवलोकन गरेका छन् ।
मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्परा अनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाएका हुन्।
सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरे। उनले जीवित देवी कुमारीको दर्शन पनि गरे।
गत वैशाख ११ गतेदेखि सुरु भएको रथ जात्रा आज भोटो देखाएसँगै यस वर्षका लागि जात्रा सम्पन्न भएको छ।