तीन सय रुपैयाँले घट्यो सुनको मुल्य
![](https://www.yetikhabar.com/wp-content/uploads/2022/08/gold1616689900-1024x535.jpg)
भदौ,२७ काठमाडौं । केही दिनयता लगातारजसो बढिरहेको सुनको भाउ आज भने तीन सय रुपैयाँले घटेको छ ।
सुनको भाउ आज तोलामा ९३ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जानकारी गराएको छ ।
आइतबार सुनको भाउ तोलामा ९३ हजार ९ सय रुपैयाँ थियो ।
![](https://www.yetikhabar.com/wp-content/uploads/2022/09/11-633x1024.png)
यस्तै, चाँदीको भाउ भने आज स्थिर छ ।