Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

दैलेखको महाबु गाउँपालिकामा नेपाली कांग्रेस विजयी

जेठ,२ काठमाडौं । दैलेखको महाबु गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । एमाले र एकीकृत समाजवादीका उम्मेदवारलाई पराजित गर्दै कांग्रेसका लक्षमण गुरुङ अध्यक्षमा विजयी भएका हुन् ।

गुरुङले २९७९ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका हरिप्रसाद उपाध्यायले २५१९ मत ल्याएका छन्। एकीकृत समाजवादीका जंगबहादुर शाहीले २२६८ मत ल्याए । शाही यसअघि २०७४ मा पालिकाको अध्यक्षमा एमालेबाट निर्वाचित भएका थिए ।

उपाध्यक्षमा पनि कांग्रेसकी मन्जु पाण्डे निर्वाचित भएकी छन् । पाण्डेले ३१५५ मत प्राप्त गरेकी छन् । एमालेबाट उम्मेदवार दुर्गाकुमारी सिंहले २३०१ मत र एकीकृत समाजवादीका पुन्यप्रभा दशौ‌दीले २१३३ मत ल्याएकी छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com