Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

थाइल्यान्डमा राजतन्त्रको आलोचना गर्नेलाई ५० वर्षको जेल सजाय

राजतन्त्रको आलोचना गरेको आरोपमा थाइल्यान्डमा एकजना युवालाई ५० वर्षको जेल सजाय सुनाइएको छ । उत्तरी सहर चियाङ रायको पुनरावेदन अदालतले पूर्वप्रजातन्त्र समर्थक कार्यकर्ता ३० वर्षीय मोङ्कोल थिराकोटलाई सामाजिक सञ्जालमा राजतन्त्रको आलोचना गरेको आरोपमा अहिलेसम्मकै सबैभन्दा लामो ५० वर्षको जेल सजाय सुनाएको हो ।

उनलाई शुरुमा तल्लो आपराधिक अदालतले २८ वर्षको कारागार सजाय सुनाएको थियो तर पुनरावेदनका क्रममा अन्य ११ मुद्दामा दोषी पाइएपछि लामो सजाय सुनाइएको बीबीसीले जनाएको छ । उनले विभिन्न राजनीतिक मुद्दाहरु लिएर यसअघि पनि प्रदर्शन गर्दै आएका थिए ।  

आलोचकहरूले यो सजायलाई असहमतिलाई मौन बनाउने रणनीति भनेका छन् । यसअघि सन् २०२१ मा एक महिलालाई दिइएको ४३ वर्षको कारागार सजायको पछिल्लो कीर्तिमानलाई यो सजायले तोडेको खबरमा उल्लेख छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com