Yeti Khabar

२०७९ आश्विन १७, सोमबार - Mon Oct, 2022 -

चार दिनदेखि हराइरहेकी किशोरीको शव फेला

भदौ,२४ काठमाडौं । धनगढीको मोहना नदीमा एक जना किशोरीको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार आज बिहान नदीमा तैरिएर बग्दै गरेको अवस्थामा शव फेला परेको छ ।

उक्त शव धनगढी-१३ की १६ वर्षीया आस्था शर्माको भएको खुलेको जोशीले बताए।
‘उनले लगाएको लुगाको खल्तीमा नारी शीर्षकमा लेखिएको कविता थियो। त्यसमा नाम आस्था शर्मा थियो,’ जोशीले भने,‘त्यसैका आधारमा उनको पहिचान खुलेको हो।’

शर्मा भदौ २० गतेदेखि हराइरहेकी थिइन्। ८ कक्षामा पढ्ने शर्माको परिवारले छोरीको खोजी गरिदिन प्रहरीमा निवेदन दिएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धान उनले २० गते नै नदीमा हाम फालेको देखिएको छ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com