Yeti Khabar

२०८१ बैशाख २०, बिहीबार - Thu May, 2024 -

डब्ल्यूएचओ का महानिर्देशक डा. टेड्रोस अधानोभ नेपाल आइपुगे

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ का महानिर्देशक डा. टेड्रोस अधानोभ गेहब्रेयसस नेपाल आइपुगेका छन्। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा तीन दिने भ्रमणका लागि उनी आज नेपाल आएका हुन्।

त्यस्तै भ्रमणका क्रममा नेपालमा रहँदा महानिर्देशक गेहब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्नेछन्। उनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नेछन्।

स्वास्थ्यमन्त्री खतिवडा, परराष्ट्रमन्त्री खड्का र राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनासँग आज भेटवार्ताको कार्यक्रम छ। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवासँग भोलि भेट हुनेछ। भ्रमणकै क्रममा उनले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि अवलोकन गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

नेपालमा रहँदा उनले नेपाल सरकारका उच्च अधिकारी, डब्ल्यूएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्रसंघका प्रतिनिधिसँग पनि छलफल गर्ने छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com