Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

प्रहरी वृत्त कालिमाटीको हिरासतबाट भागेका थुनुवा पक्राउ

जेठ,१२ काठमाडौँ । प्रहरी वृत्त कालिमाटीको हिरासतबाट भागेका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । हिजो मध्यराति प्रहरी वृत्त कालिमाटीको पर्खाल नाघेर २९ वर्षीय सञ्जीव राई भागेका थिए । हिरासतमा बिरामी भएका अर्का थुनुवालाई प्रहरीले निकाल्न खोज्दा उनी भागेका हुन् ।

उनलाई सिनामंगलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) सिताराम रिजालले जानकारी दिए । हिरासतबाट प्रहरीको आँखा छलेर निस्केपछि पर्खाल नाघेर बाहिर गएको अनुसन्धानबाट थाहा भएको छ । पर्खाल नाघेर भाग्दा उनको खुट्टामा चोट लागेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com