Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

राजेशमानलाई ८,३४५ मतको अग्रता

५ जेठ,काठमाडौं । वीरगञ्ज महानगरपालिकाको मेयरका उम्मेदवार जनता समाज पार्टी (जसपा) का राजेशमान सिंहले फराकिलो अग्रतालाई कायमै राखेका छन् । नेकपा एमालेका विजयकुमार सरावगी भन्दा सिंहले ८ हजार ३४५ मत बढी ल्याएर अग्रतालाई कायमै राखेका हुन् ।

१२ वटा वडाको ३१ हजार ७०१ मत गणना हुँदा सिंहले १७ हजार २ मत ल्याएका छन् भने सरावगीले ८ हजार ६५७ मत ल्याएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले १२ हजार १४८ मत ल्याएका छन् भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पुरुषोत्तमलाल झाले २ हजार ४८१ मत ल्याएका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com