Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

ग्वार खोलाको बाँधमा डुबेर एक बालकको मृत्यु

असोज,१६काठमाडौं । दाङको ग्वार खोलाको बाँधमा डुबेर एक बालकको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका ६ गाइडरका १४ वर्षीय अभिषेक भुसालको पौडी खेल्ने क्रममा ग्वार खोलामा डुबेर ज्यान गएको प्रहरीले बताएको छ ।

आज दिउँसो साढे ३ बजे उरहरी कुलाको बाँधमा पौडी खेल्ने क्रममा अभिषेक डुबेका थिए । उनी डुबेको जानकारी पाएलगत्तै जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीको सहयोगमा खोजी गर्दा तीन घण्टापछि हिलोमा गाडिएको अवस्थामा मृत भेटिएको तुलसीपुर ६ वडाध्यक्ष दुजमान भण्डारीले बताउनु भयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com