Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

सांसद अरुण कुमार चौधरी रिहा

फागुन,७ काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अरुण कुमार चौधरी रिहा हुनुभएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित चौधरी कैलाली कारागारबाट रिहा हुनुभएको छ ।

प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आम माफी दिएपछि चौधरी आज बिहान रिहा हुनुभएको हो । कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले आवश्यक प्रक्रिया पूरा गरी चौधरीलाई रिहा गरिएको बताउनु भयो ।

१३ वर्षको पुरानो आगजनी मुद्दामा दोषी ठहर सांसद चौधरी गएको माघ १९ गते बाँकेबाट पक्राउ पर्नु भएको थियो । उहाँ २० गते चलान हुनुभएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com