Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

सान्नी त्रिवेणी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार मोहनबहादुर केसी विजयी

जेठ,३ काठमाडौं । सान्नी त्रिवेणी गाउँपालिका कालीकोटको अध्यक्षमा स्वतन्त्र उम्मेदवार मोहनबहादुर केसी विजयी भएका छन् । केसीले १८२२ मत ल्याएर विजयी भएका हुन् ।

केसी माओवादी केन्द्रका बागी उम्मेदवार हुन् । उनले माओवादी केन्द्रकै उम्मेदवार निवर्तमान अध्यक्षसमेत रहेका डम्मरबहादुर शाहीलाई पराजित गरे । माओवादीका शाहीले १३२५ मत पाएका छन् ।

पुतली चुनाव चिह्न लिएर चुनाव लडेका केसीले पार्टीका आधिकारीक उम्मेदवार शाहीलाई ४९७ मतान्तरले पराजित गरेका छन् ।
केसीले बागी उम्मेदवारी दिएपछि माओवादी केन्द्रले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गिरी कारबाही गरेको छ ।

यस्तै, गाउँपालिकाको उपाध्यक्षमा एमालेकी पार्वती सिंह (संज्याल) विजयी भएकी छिन् । उनले १६८१ मत ल्याएर विजयी भइन् । उनकी प्रतिद्वन्द्वी कांग्रेसकी पशुबिना बमले १२२२ मत ल्याइन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com