Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

वृद्धभत्ता बुझेर घर फर्कने क्रममा भिरबाट लडेर एक जना वृद्धको मृत्यु

कार्तिक,३ काठमाडौं । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा भिरबाट लडेर एक वृद्धको ज्यान गएको छ ।
भुमिकास्थान नगरपालिका १ ढाकावाङका अन्दाजी ७२ वर्षीय वीरबहादुर गमालको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।

भुमिकास्थान नगरपालिकाको धारापानमा रहेको साईन रेसुङ्गा बैंकबाट वृद्धभत्ता बुझेर घर फर्कने क्रममा ठूलाखोला घोप्टे सालको भिरबाट लडेर गमालको ज्यान गएको हो ।

गमाल बाटोदेखि झण्डै ८० मिटर तल खसेको घटनास्थलबाट प्रहरी निरिक्षक अर्जुन पौडेलले बताउनु भयो ।
घटनास्थलमा गएका प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार हिजो दिउँसो करिब ४ बजेको समयमा वीरबहादुर गमाल र उहाँका दाइ भत्ता बुझेर हिँड्दै घर फर्किनु भएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com