Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

वागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारी कुटिए

बागमती नदीभित्र हुने अनधिकृत कामका बारेमा नियमित अनुगमन गर्ने क्रममा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारी कुटिएका छन्।

गोकर्णेश्वर नगरपालिका–५ स्थित एभरेष्ट पेट्रोल पम्प मुनिको वागमती नदी किनारमा लामो समयदेखि अनधिकृत रूपमा फोहर संकलन गर्दै आएका सुवास घिसिङले अनुगमनको क्रममा हिँडेका समितिका कर्मचारी बलराम श्रेष्ठलाई कुटपिट गरेर टाउको फुटाइदिएको समितिका सूचना अधिकारी कमल अर्यालले ‍जानकारी दिए।

समितिले आयोजनाको काममा नै अवरोध पुर्‍याउने गरी फोहर संकलन केन्द्र नराख्न तीन पटक पत्राचार गरिसकेको छ। तर घिसिङले समितिको पत्राचारलाई अटेर गर्दै आएको जनाइएको छ। श्रेष्ठमाथि आक्रमण गर्ने घिसिङलाई प्रहरीले पक्राउ गरेर हाल महानगरीय प्रहरी वृत्त बौद्धको हिरासतमा राखेको छ । घिसिङले अटेर गरी नदी किनारामा फोहर सङ्कलन केन्द्र बनाउँदा बागमती सौन्दर्यीकरणको काममासमेत असर पुगेको समितिले जनाएको छ।

अनधिकृत रूपमा फोहर संकलन केन्द्र स्थापना गरेर स्थानीयवासीलाई समेत धम्की दिँदै उनले बागमती कोरिडोर क्षेत्रबाट फोहर उठाउने गरेका हुन्। जसले गर्दा जम्मा भएको आधा फोहर बागमतीमा बग्ने गरेको छ।

नियमित अनुगमन गर्ने क्रममा समितिको ‘क्वीक रेस्पोन्स टिम’ मा सहभागी श्रेष्ठमाथि कुटपिट गरेपछि यो घटना सार्वजनिक भएको हो। ‘हामी नियमित अनुगमनमा गएका थियौँ, मैले फोहर संकलनस्थलको तस्बिर खिच्न लागेको थिएँ, त्यहीबेला ममाथि एक्कासी मुक्का प्रहार भयो’, उनले भने।

आक्रमणबाट घाइते भएका श्रेष्ठको टाउकोमा दुई वटा टाँका लगाइएको छ। श्रेष्ठको हाल नेपाल भारत मैत्री अस्पताल मित्रपार्कमा उपचार भइरहेको छ। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com