Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

लुम्बिनी प्रदेशकी राज्यमन्त्रीले दिइन् राजीनामा

असार, १५ काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री बिमला वलीले पदबाट राजीनामा दिएकी छन।
नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालले वलीले पदबाट राजीनामा दिएको बताए।

बरालले भने, ‘उहाँले आज मुख्यमन्त्री कुलप्रसाद केसीसमक्ष आफ्नो राजीनामा केहीबेर अगाडि बुझाउनुभएको हो।’
जेठ ३१ राज्यमन्त्री वलीले तुलसीपुरकी मीना भण्डारी बस्नेतको घरमा गएर कुटपिट गरेकी थिइन्। मीनाका श्रीमान एकराज बस्नेतसँग बिमलाको प्रेम सम्बन्ध रहेको केही महिनाअघि सार्वजनिक भएको थियो।

वलीविरूद्ध मीनाले प्रहरीमा उजुरी दिएकी थिइन्। घटनाबारे सत्यतथ्य बुझ्न लुम्बिनी प्रदेश सरकारले छानबिन टोली गठन गरेको थियो।
छानबिन टोली बने पनि वली बिरामी भएर अस्पताल भर्ना भएकी थिइन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com