Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

नगरपालिकाको मत गणना फेरि स्थगित

५ जेठ,काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिकाको मत गणना फेरि स्थगित भएको छ । वडा नम्बर ११ को मतगणनाका क्रममा अर्धकट्टी सहितका ६१ वटा मत पत्र भेटिएपछि दलका प्रतिनिधिहरुले विरोध गरेका हुन् ।

यसअघि उम्मेदवार नउठेको र उठेको एउटै पदमा स्वस्तिक छाप लागेको भए उम्मेदवार भएको पदको मत सदर मान्ने कि नमान्ने भन्ने विवादले मत गणना रोकिएको थियो ।

मतगणनासम्बन्धी निर्देशिकामा मतपत्र १ देखि ५ सम्म एक पदमा एकभन्दा बढी उम्मेदवारको निर्वाचन चिह्नमा मत संकेत गरेको भए उम्मेदवार भएको वा नभएको भए बदर गर्ने व्यवस्था छ ।

तर धुलिखेलमा एउटै पदमा उम्मेदवार नउठेको र उठेको पद दुवैमा स्वस्तिक छाप लागेको भए उम्मेदवार भएको पदको मत सदर मान्ने सहमति गरेको थियो । सोहीअनुरुप वडा नम्बर ८ सम्मको मतगणना सकेर घोषणा समेत भइसकेको छ । तर वडा नम्बर ९ को गणनाका क्रममा एमाले सहमतिबाट पछि हट्यो र निर्देशिकाअनुसार नै मत गणना हुनुपर्ने अडान लियो ।

अरु दल त्यसमा सहमत भएपछि धुलिखेलको मत गणना दुई दिनसम्म रोकिएको थियो । स्थानीय स्तरमा सहमति जुट्न नसकेपछि निर्वाचन कार्यालयले निवार्चन आयोगको राय माग्यो, जसमा गणना भइसकेको हकमा केही नगर्ने, तर नयाँ गणना निर्देशिकाअनुसार नै गर्न निर्देशन दिएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com