मतदाता नामावलीमा भएको विवरणमा कुनै त्रुटी भए इमेलर फ्याक्सबाट समेत निवेदन दिन सकिने
फागुन १० काठमाण्डौ । निर्वाचन आयोगले मतदाता नामावलीमा भएको विवरणमा कुनै त्रुटी भए इमेलर फ्याक्सबाट समेत निवेदन दिन सकिने जनाएको छ ।
निर्वाचन आयोगले सोमबार एक सूचना जारी गर्दै कुनै मतदाताले मतदाता नामावलीमा भएको आफ्नो विवरणमा कुनै त्रुटी भएको भए सोलाई सच्याउन यसअघि सम्बन्धित निर्वाचन कार्यालयमा भौतिक रुपमा उपस्थित भई तोकिएको फाराम भरी निवेदन दिने व्यवस्था रहेकोमा अब त्यस्तो गर्न नपर्ने जनाएको हो ।
सरकारले आगामि २०७९ वैशाख ३० गते एकै चरणमा स्थानीय तहका निर्बाचनको तयारी गरेको छ ।