Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

युवकको शव फेला

जेठ, १९ काठमाडौं । घर बाटा बेपत्ता एको झण्डै दुई महिना पछि रोल्पामा एक युवकको शव फेला परेको छ । रोल्पा नगरपालिका–१० धाङसी बस्ने राजकुमार रोकाका १८ वर्षीय छोरा भगवती रोका मगरको शव फेला परेको हो ।

रोल्पाका निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक थम्मन बिसीका अनुसार उनी २०७८ चैत्र २४ गते घरबाट हिँडेका थिए । धेरै दिन सम्म घरमा नफर्किए पछि परिवारजनले वैशाख महिनामा खोज तलास गरी पाउँ भनी प्रहरीमा उजुरी दिएका थिए ।

सोही अनुरूप खोजतलास गर्दै जाने क्रममा सोही नगरपालिका–९ स्थित सुनप्रकाश बुढाको खाली गोठमा निजको शव सडेगलेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक बिसीले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com