Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

१४ जना मारिएको विश्वविद्यालय गोलीकाण्डको घटनामा प्रहरीले फेला पार्‍यो अभियुक्तको सुसाइड नोट

त्यसअघि जंगलमा गरेका थिए दुई जनाको हत्या

sharethis sharing button

चेक रिपब्लिकको प्राग चार्ल्स विश्वविद्यालयमा गोली प्रहार गरी १४ जनाको हत्या भएको घटनामा त्यहाँको प्रहरीले अभियुक्तको सुसाइड नोट फेला पारेको छ।

घटनामा २४ वर्षीय डेभिड कोजाकको संलग्नता रहेको र उनकै घरबाट सुसाइड नोट बरामद गरेको त्यहाँको प्रहरीले जनाएको छ।

सुसाइड नोटमा डेभिडले त्यसअघि दुई जनाको गोली हानी हत्या गरेको स्वीकारेका छन्।

चार्ल्स विश्वविद्यालयको गोलीकाण्डभन्दा ६ दिनअघि क्लानोभिस जंगलमा गोली हानी हत्या गरिएको अवस्थामा ३२ वर्षीय पुरूष र उनकी २ महिनाकी छोरीको शव भेटिएको थियो।

नोटमा डेभिडले ती दुई जनाको हत्या आफैले गरेको उल्लेख गरेको प्रहरीले बताएको छ।  प्राग चार्ल्सको गोलीकाण्डभन्दा ६ दिन अघि डिसेम्बर १५ को घटना हो त्यो।

प्रहरीले डेभिडसहित चार हजार भन्दा बढी शंकास्पद व्यक्तिको सूची बनाएर त्यस घटनाबारे अनुसन्धान गरेको थियो।अनुसन्धानकै क्रममा उनी प्राग चार्ल्स विश्विद्यालयका विद्यार्थी रहेको र डिसेम्बर २१ मा लेक्चर लिन आउने प्रहरीले थाहा पाएको थियो।

बिबिसीका अनुसार उनी प्राग चार्ल्स विश्वविद्यालयमा आर्ट्स संकायका विद्यार्थी थिए। त्यस दिन लेक्चर लिन आउने थाहा पाएपछि प्रहरीले आर्ट्स संकाय पढाइ हुने भवन नै खाली गराएको थियो।

त्यहाँबाट विद्यार्थीहरूलाई बाहिर पठाएर प्रहरी अभियुक्त कुरेर बसेको थियो।  तर, डेभिडले विश्वविद्यालयको अर्कै भवनमा प्रवेश गरी गोली चलाएका थिए।

उनले अन्धाधुन्ध गोली चलाउँदा त्यहाँ १४ जना मारिएका थिए। १३ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ। गोली लागेर २५ जना घाइते भएका थिए। उनीहरूको उपचार भइरहेको छ।

गोली चलाएर भाग्ने क्रममा उनलाई प्रहरीले घेरेर नियन्त्रणमा लिने प्रयास गरेको थियो। प्रहरीले घेरा हालेपछि आफैंमाथि गोली चलाउँदा उनको मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ।

त्यसदिन उनी आफ्नै बाबुको हत्या गरेर विश्वविद्यालय प्रवेश गरेका थिए। प्रहरीले उनीसँग विभिन्न हातहतियारको लाइसेन्स रहेको फेला पारेको छ।

उनले कुल १७ जनाको हत्या गरेको प्रहरीले जनाएको छ। चेक सरकारले यसलाई इतिहासकै सबैभन्दा दुःखद खबर भनेको छ।  चेक रिपब्लिकमा गोलीकाण्डहरू दुर्लभ मानिन्छ। रोयटर्सका अनुसार यसअघि सन् २०१९ मा ४२ वर्षीय पुरूषले अस्पतालमा गोली चलाउँदा ६ जना मारिएका थिए।

त्यसअघि सन् २०१५ मा एक रेस्टुरेन्टमा एक व्यक्तिले ८ जनाको गोली हानी हत्या गरेपश्चात आफैंमाथि गोली चलाएर आत्महत्या गरेका थिए। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com