Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

माही समुह द्धारा मत्स्यनारायाण मेलामा सहभागीहरूलाइ पानी र जुस वितरण

२०८० साउन २७ काठमाडौं । माही समुह नेपालले मत्स्यनारायाण मेलामा सहभागीहरूलाइ पानी र जुस वितरण गरेको छ ।

मत्स्यनारायण मेलामा सहभागीहरुलाई पानी र जुस वितरण गरी पुण्य आर्जन गर्ने उद्देश्यका साथ सामाजिक कार्य गरेका थिए ।

संस्थाका अध्यक्ष सरिता खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कैलाश रावल, सचीव पदम किराती, कोषाध्यक्ष देवराज केसी, सदस्य रोकेश अवाले, सरु दाहाल (नेत्रा), सरु चौधरी लागायतको सहभागीता रहेको थियो ।

माही समुहले गरेको कार्यक्रमलाइ सफल बनाउन स्थानीय, मत्स्यनारायाण मेलाको मुल समारोह समिति सदस्यले पनि भुमिका खेलेका थिए । मुल समारोह समिति सदस्य रमेश शाहीले कार्यक्रम गर्ने स्थान र टेवल लगायतका समाग्रीको व्यवस्था गर्नुभएको थियोे ।

संस्थाका उपाध्यक्ष रावलले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ । उहाँले माही समुहले आगामी दिनमा पनि सामाजिक कार्य लाई निरन्तरता दिने बताउनु भयो ।

यस सामाजिक कार्यको कदर गर्दै मत्स्यनारायाण मेलाको मुल समारोह समितिले माही समुहलाई सम्मान पत्र समेत प्रदान गरेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com