Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

भारतमा भए एक वर्षमा ३१ हजार बलात्कारका घटना

छिमेकी मुलुक भारतमा गत वर्ष औसतमा दैनिक ८७ जना महिलामाथि बलात्कार भएको भन्दै उजुरी परेका छन्।
भारतको नेशनल क्राइम रेकर्ड्स ब्युरोले सार्वजनिक गरेको रिपोर्टअनुसार सन् २०२१ मा भारतभरि बलात्कारसम्बन्धी ३१ हजार ६ सय ७७ उजुरी दर्ता भएको द वायरले जनाएको छ।

सन् २०२० भन्दा २०२१ मा भारतमा बलात्कारका घटना झन्डै २० प्रतिशतले बढेको उक्त रिपोर्टमा उल्लेख गरिएको छ।
बलात्कारसम्बन्धी सबैभन्दा धेरै उजुरी राजस्थानमा दर्ता भएका छन् भने दोस्रो स्थानमा मध्यप्रदेश र तेस्रोमा नेपालसँग सीमा जोडिएको उत्तरप्रदेश छ। भारतभरि गत वर्ष ४ लाख २८ हजार बढी महिला हिंसाका घटना भएका छन्। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com