Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

राष्ट्रियसभा सदस्य उपनिर्वाचन जारी, २३३ जनाले गरे मतदान

दाङ । लुम्बिनी प्रदेशको राष्ट्रियसभाको उपनिर्वाचनका लागि बिहान १० बजेदेखि सुरु भएको मतदानमा हालसम्म स्थानीयतर्फ १ सय ६६ र प्रदेशसभातर्फ ६७ जनाले मतदान गरेका छन् । स्थानीय तह तर्फबाट ९६ जना पुरुष र ७० जना महिलाले मतदान गरेका छन् । प्रदेशसभा सदस्य तर्फ ४३ जना पुरुष र २४ जना महिलाले मतदान गरेका हुन् । अब स्थानीय तहतर्फ ५२ जना र प्रदेश २० जनाले मतदान गर्न बाँकी रहेको छ । स्थानीय तहतर्फ एक जना मतदाता बराबर १८ र प्रदेशसभा सदस्य तर्फ ४८ मतभार रहेको छ । लुम्बिनी प्रदेशमा कुल मतभार ८ हजार १ सय रहेको छ ।

काँग्रेस लुम्बिनी प्रदेशसभा सदस्य तर्फ २७, ९२ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी कुल मतभार २ हजार ९५२ रहेको छ । त्यस्तै नेकपा एमालेका २९ जना प्रदेश सांसद, ६७ जना स्थानीय तहका पदाधिकारी रहेका छन् । नेकपा एमालेको कुल मतभार २ हजार ५९८ रहेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रको कुल मत मतभार १ हजार १०४, राप्रपाको २४६, जसपाको २५२, लोसपाको २१६, नागरिक उन्मुक्ति पार्टीको १९२, जनमत पार्टीको १४४, प्रदेशका स्वतन्त्र सांसदहरुको कुल मतभार १४४, राजमोको १२०, एकीकृत समाजवादीको ४८ र जनता प्रगतिशील पार्टीको कुलमत भार ३६ रहेको छ ।रातोपाटी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com