Yeti Khabar

२०८१ बैशाख २२, शनिबार - Sat May, 2024 -

कोसोभोको संसदमा कुटाकुट

कोसोभोको संसदमा बिहीबार सांसदहरूबीच कुटाकुट भएको छ।

समाचार संस्था रोयटर्सका अनुसार पोडियममा बोलिरहेका प्रधानमन्त्री आल्बन कुर्तीलाई एक जना विपक्षी सांसदले पानी छ्यापेपछि कुटाकुट सुरू भएको हो।

कोसोभोको संसदमा उत्तरी क्षेत्रमा सर्वियन आदिवासीको मुद्दाका विविध विषयमा बहस भइरहेको थियो।

प्रधानमन्त्री बोलिरहेका बेला विपक्षी सांसदले पानी छ्यापेपछि सत्तारूढ दलका सांसदले उनलाई रोक्न खोजेका थिए। त्यसपछि अरू विपक्षी सांसदहरू पनि कुटाकुटमा सहभागी भएका थिए।

प्रधानमन्त्री कुर्तीलाई स्कर्टिङ गरेर बाहिर निकालिएको थियो भने कुटाकुट गरिरहेका सांसदलाई रोक्न प्रहरी परिचालन गरिएको थियो।

सांसदहरूले कुटाकुट गरेपछि संसद दुई घन्टाका लागि स्थगित गरिएको थियो।

सन् २००८ मा सर्वियाबाट अलग भएर बनेको कोसोभोमा ९० प्रतिशत अल्बानियनहरू छन् भने उत्तरमा सर्वियासँग सीमा जोडिएको क्षेत्रमा ५ प्रतिशत सर्वियन छन्।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com